NEPAL NEWS UPDATE (NEPALI)

साधुसँग गाँजा किन्न भीड

काठमाडौं, फागुन ११ – ‘एक बिँडीको कति ?’ शनिबार पशुपति मन्दिर परिसरमा भारतीय साधुसँग विमानस्थलका लक्ष्मण कार्की गाँजाको भाउ सोध्दै थिए । सोमबार सुरु हुने शिवरात्रिमा आउने साधु-सन्तले युवाहरूलाई गाँजा बेच्ने गरे- पछि हरेक वर्ष यसैगरी भीड लाग्ने गरेको छ । हरिगिरी बाबाले लक्ष्मणलाई ‘दस रुपैयाँको एक बिँडी’ बेचे । बाबाले जान आउने/जाने बसभाडा जोहो गर्न गाँजा बेचेको बताए । पञ्जाबबाट आएका गेरु वस्त्रधारी उनले भने, ‘टे्रन र बसमा चढेर आउनुपर्छ, भाडा त उठाउनै पर्‍यो ।’

 

  

गुठी संस्थानले शिवरात्रिमा आउने साधु-सन्तलाई बाटो खर्च दिँदै आएको भए पनि त्यो पर्याप्त नहुने उनले बताए । एक दिनमा गाँजा बेचेर दुई सयदेखि पाँच सयसम्म आम्दानी गर्ने गरेको उनले बताए । ‘दुई, चार दिनसम्म बिक्री हुन्छ,’ उनले भने । उनीभन्दा पाँच खुड्किलो माथि उक्लँदा जटाधारी बाबालाई पनि गाँजा बेच्न भ्याइनभ्याई थियो । खुकुरी चुरोटमा गाँजा मिसाएर बिडीँ बनाइरहेका थिए । उनको वरिपरि युवाहरूको जमात थियो । उनीहरू भाउ सोध्न र गाँजा तान्नमा मस्त थिए । भीडमा कालो क्याप र चस्मा लगाएका विश्वास तामाङ जटाधारीसँग बिँडी मागिरहेका थिए । 

  

‘चाडपर्वको बेला त खान पाइने हो नि,’ उनीले आफ्ना साथीलाई गाँजाको सर्को तान्न उक्साउँदै थिए, ‘राजन खा-खा’ ।’ पहेँला वस्त्रधारीले पनि उनीहरूलाई तान्न उत्प्रेरित गरिरहेका थिए । ‘खाउ भाइ खुबै आनन्द आउँछ, जटाधारीले थपे । साधुहरूले शिवरात्रिका बेला बिक्री गर्दा प्रहरीले केही नगर्ने बताए । हरिगिरी बाबाले भने, ‘शिवजीको प्रसाद हो ।’ पशुपति विकास कोष र जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि त्यस क्षेत्रमा लागू पदार्थ, मादक पदार्थ र माछा- मासु नलैजान निर्देशन दिएको थियो । 

  

गाँजा बेचेको भन्दै दुई दिनअघि पशुपतिका प्रहरीले सिँढीमा बस्ने चारजना साधुलाई समातेको नाङ्लो  डालीमा पसल गरेर बसेकी शान्ति बस्नेतले बताइन् । उनले बिहानदेखि साँझसम्ममा नै साधुहरूकहाँ युवाहरूको भीड लाग्ने गरेको बताइन् । ‘युवाहरू कुलतमा नपरून् भन्नलाई हामीले सजगता अपनाएका छौं’ पशुपति विकास कोषका सदस्य सचिव परमानन्द शाक्यले भने, ‘युवालाई गाँजा बेच्न नदिन कोसिस गरेका छौँ ।’ 

  

तयारी पूरा

पशुपति विकास कोषले शनिबार पत्रकार सम्मेलन गर्दै शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजनको सहजताका लागि व्यवस्थापन तयारी पूरा भएको बताएको छ । कोषकाअनुसार शिवरात्रिका दिन दर्शनका लागि पशुपतिका दक्षिण, पूर्व र उत्तर ढोका तीनवटा ढोका खुल्ला गरिनेछ । सदस्यसचिव शाक्यका अनुसार भक्तजनहरूले मित्रपार्क, उमाकुण्ड, पशुपति कैलाश दक्षिण, रुद्रगाडेश्वर, वासुकी भएर एउटा लाइन, गौशाला चोक, पञ्चदेवल पूर्व भएर चौसठ्ठी हुँदै दोस्रो लाइन र पञ्चदेवलपूर्व हुँदै वत्सलेश्वरी, आर्यघाटको वाग्मती हुँदै पूर्वढोकाबाट तेस्रो लाइन राखिने छ । अनि सबै भक्तजन पश्चिम ढोकाबाट बाहिरीने व्यवस्था गरेको छ । एक दर्शनार्थीले लाइनमा बसेको ४५ मिनेटमा दर्शन गरिसक्ने उनले जानकारी गराए ।

धमलालाई थप तीन दिन हिरासतमा राख्न आदेश

काठमाडौं, फागुन ११ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिपोर्टस् क्लब अध्यक्ष ऋषि धमलालाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । अनुसन्धानका लागि यसअघि दिएको समय अपुग भएको भन्दै प्रहरीले थप तीन दिन हिरासतमा राख्न मागगरेपछि प्रशासनले आइतबार तेस्रो पटक धमलालाई हिरासतमा राख्न अनुमति दिएको हो । यस अघि प्रशासनले धमलालाई दुई पटक गरेर उन्नाइस दिन हिरासतमा राख्न अनुमति दिएको थियो । भूमिगत संगठन रणवीर सेनाका नाममा राजधानी भएका बम विस्फोटनमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई हातहतियार तथा खरखजना र जबरजस्ती चन्दा असुलीको अभियोग लगाएको छ ।

काठमाडौं , फागुन ११ –

सर्वोच्च अदालतले सैन्य भर्ती प्रक्रिया रोक्न रक्षा मन्त्रालय र सैनिक मुख्यालयको नाममा आइतवार अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनुपराज शर्माको इजलासले यस्तो आदेश दिएको हो ।

अन्तरिम संविधानको मर्म र भावना विपरित सेना भर्ती भएको दावी गर्दै केही दिन अघि परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

नेपाली सेनामा रिक्त पद पूर्तिका विषयलाई लिएर माओवादी र सेनाबीच विवाद चर्किएको बेला सर्वोच्चले यस्तो आदेश दिएको हो ।

आदेशमा अर्को निर्णय नहुञ्जेल भर्ती प्रक्रिया रोक्न भनिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: