NOTICE FOR ATM CARD HOLDER

एमालेको नेतृत्वका लागि ओली र खनालबीच प्रतिस्पर्द्धा

नेकपा एमालेका दुई जना वरिष्ठ नेताहरु केपी ओली तथा झलनाथ खनालले पार्टीको अध्यक्ष पदकालागि उम्मेदवारी दर्ता गरेका छन्।

बुटवलमा भैरहेको सो पार्टीको आठौं महाधिवेशनका क्रममा उनीहरुले उम्मेदवारी दिएका हुन्।

अध्यक्ष पदमा एकजना चर्चित मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले पनि उम्मेदवारी दिएका छन्।

तर यस अघि पार्टी अध्यक्ष सर्वसम्मतरुपमा चयन गर्न माग गर्दै महाधिवेशनस्थल बाहिर शनिबार दिनभरि केही कार्यकर्ताहरुले धर्ना दिएका थिए भने भित्र पनि प्रतिनिधिहरुले नेताहरुलाई घेरेका थिए।

यद्यपि सहमतिका लागि दिनभरि नै औपचारिक र अनौपचारिक प्रयासहरु भएको नेता इश्वर पोखरेलले बताए ।

बन्द सत्रमा अध्यक्षका दावेदार मानिएका खनाल, ओली र माधव नेपालले आफ्‍नो दावेदारीको औचित्यका सम्बन्धमा मन्तव्य राखेका थिए।

प्रतिस्पर्द्धा

अध्यक्षताको दौडमा पूर्व महासचिव नेपालले भने प्रतिस्पर्द्धा नगर्ने बताउँदै आएका छन्। बन्द सत्रमा मन्तव्य राखेपछि पत्रकार समक्ष उनले भने, “मलाई पदको कुनै लालच छैन तर पार्टीमा भावनात्मक एकता रहिरहोस् भन्ने मेरो प्रयास हो। चुनावले पार्टीलाई हित गर्दैन।”

यसअघि शुक्रबारको बन्द सत्रले पारित गरेको विधानमा ११५ जना सदस्य रहने नयाँ व्यवस्था गरिएको छ।

नयाँ विधानमा एक अध्यक्ष एक वरिष्ठ नेता, तीन उपाध्यक्ष, एक महासचिव र तीनजना सचिवको व्यवस्था गरिएको छ र यी सबै पदहरुमा महाधिवेशन प्रतिनिधिहरुले प्रत्यक्ष मतदान गर्नेछन्।

पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान भने आईतबार बिहानदेखि मात्र शुरु हुने बताइएको छ ।

झापा जिल्लामा फेरि बर्डफ्लुको संक्रमण

पूर्वी नेपालको झापा जिल्लामा फेरि बर्डफ्लुको संक्रमण भेटिएको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

गत महिना झापाको मेचीनगरमा बर्ड फ्लु भेटिएपछि २४,००० कुखुरा नष्ट गरिएको थियो।

अहिले फेरि भारतसँग सीमा जोडिएको एउटा गाउँमा बर्डफ्लुका कारण १५० कुखुरा मरेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका प्रवक्ता डा. हरि दाहालका अनुसार काठमाण्डू र लण्डनमा गरिएका परीक्षणपछि दक्षिण पश्चिम झापाको शरणामती गाउँमा एच फाईभ् एन वान् भाइरसको संक्रमणका कारण कुखुराहरु मरेको पुष्टि भएको छ।

आशंका

मन्त्रालयको ठम्याइमा बर्डफ्लुको संक्रमण सीमावर्ती भारतको पश्चिम बंगाल क्षेत्रबाट भित्रिएको हुनुपर्छ।

कुखुरा मरेको फार्मका किसानहरुले सीमावर्ती भारतबाट कुखुरा ल्याएर नेपालमा बेचबिखन गर्ने गरेकोबाट त्यस्तो आशंका उब्जिएको हो।

बर्ड फ्लुको ताजा संक्रमण भेटिएपछि मन्त्रालयले प्रभावित गाउँमा कुखुरा, हाँस लगायतका पंक्षी र अण्डा, मासुजस्ता पंक्षीजन्य पदार्थ नष्ट गर्ने तयारी गरेको छ।

गत महिना झापाको मेचीनगरमा बर्डफ्लुका कारण कुखुरा मरेपछि सरकारले २४,००० कुखुरा नष्ट गरेको थियो।

त्यसको एकमहिना नबित्दै नजिकैको गाउँमा फेरि बर्डफ्लु भेटिएपछि बर्डफ्लु पूर्णतया निर्मूल नभएको संकेत देखिएको छ।

बर्डफ्लु लागेको पंक्षीको मासु वा अण्डा खानाले मानिसमा इन्फ्लुएन्जा रोग सर्न सक्छ।

तर राम्ररी पकाएर खाएमा त्यो खतरा कम हुने विज्ञहरुको भनाइ छ।